दुबईबाट मुम्बईका लागि उडान भरेको इन्डिगोको एउटा जहाज सोमबार राजकोट अन्तर्राष्ट्रिय विमनस्थलमा आकस्मिक रूपले डाइभर्ट गरिएको छ।
सामान राख्ने ठाउँमा धुवाँको चेतावनीपछि सोमबार राजकोट अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
राजकोट विमानस्थलका निर्देशक दिगन्त बोराले घटना पुष्टि गर्दै जहाज सुरक्षित रूपमा अवतरण भएको र त्यसमा सवार सबै यात्रु सुरक्षित रहेको बताएका छन्।
सामान राख्ने ठाउँमा धुवाँ देखिएपछि सावधानीका रूपमा उडान डाइभर्ट गरिएको उनको भनाइ छ।
धुवाँको चेतावनी आउनुको कारण पत्ता लगाउन जहाजको निरीक्षण भइरहेको छ।