रास्वपाले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ।
सिंहदरबारस्थित प्रतिनिधि सभाको लेखा समिति हलमा सर्वदलीय बैठक सुरू भएकोरास्वपा नेता प्रकाशचन्द्र परियारले जानकारी दिए।
बैठकमा कांग्रेसबाट सभापति गगन थापा, संसदीय दल नेता भीष्मराज आङ्देम्बे, एमालेबाट महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाबाट प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीबाट आरेन राई, जनमत पार्टीबाट अध्यक्ष सिके राउत लगायत सहभागी छन्।
सुनसरी घटनाको विषयमा छलफल गर्नका लागि रास्वपाले सर्वदलीय बैठक बोलाएको छ।
सुनसरी घटनापछिको असहज अवस्थामा सामाजिक रूपले फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकता भएकाले सर्वदलीय बैठक बोलाइएको हो।
सुनसरीको देवानगन्ज–३ स्थित कप्तानगन्जमा दुई समूहबीच झडप भएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो।
घटनामा सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।
आइतबार रातिको त्यो घटनापछि सुनसरी तनावग्रस्त बनेको थियो।
प्रधानमन्त्री बालेन शाहले मंगलबार राति मात्रै सामाजिक सञ्जालमा स्ट्याटस लेखेर सुरक्षित र संयमित भएर बस्न र एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका थिए।




-1785293533.png)
-1785293510.png)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी