नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले निर्वाचन आयोग रेफ्रीको भूमिकामा रहनुपर्नेमा कहिलेकाहीँ खेलाडी नै हुने गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्।
बुधवार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा पुनले पार्टी विभाजनको बेला आयोग कतिपय अवस्थामा आफै ‘खेलाडी’ बन्न खोज्ने भन्दै आलोचना गरेका हुन्।
'दलहरूलाई सकेसम्म विवादतिर भन्दा, ब्रिजिङ गर्ने हो। एक खालको रेफ्रीको भूमिका खेल्ने हो। कहिले काँही खेलाडीको भइदिन्छ निर्वाचन आयोग,' उनले भने।
रेफ्री नै कहिलेकाहिँ खेल मैदानमा पस्दिने भयो भने खेल फेयर नहुने उनले बताए।
'दलहरूलाई सकेसम्म मिल्नुस् सँगै जानुस्, भएन भने कानुन यो यो छ भनेर देखिने अनुमानयोग्य हुनुपर्यो,' उनले भने,' विवाद भयो भने निर्वाचन आयोगले कसलाई मान्यता दिन्छ, कसलाई निर्वाचन चिह्न दिन्छ भनेर डराइराख्नुपर्ने।
सुधार गर्नुपर्ने धेरै कुरा भए पनि विगत २०/३० वर्षयता निर्वाचन आयोगले राम्रो गरेको उनले बताए।