राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशबाट निर्वाचित पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा लामिछानेले सांसदहरूसँग छलफल गरेका हुन्।
यसअघि उनले दिउँसो मधेस प्रदेशबाट निर्वाचित रास्वपाका सांसदहरूले संसद भवनमा भेटेका थिए।
सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार मुलुकको सद्भाव बचाउने विषयमा छलफल केन्द्रित छ।
'धार्मिक सद्भाव र सामजिक सद्भाव कायम राख्ने विषयमा छलफल भइरहेको छ', आचार्यले भने, 'सभापतिज्यूले सक्रियताका साथ भेटघाट तीव्र पार्नु भएको छ।'
तस्बिरहरू:
-1785410964.jpeg)
-1785410964.jpeg)
-1785410964.jpeg)
-1785410964.jpeg)