सुनसरी र सिरहामा भएको पछिल्लो घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
गत आइतबार सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई जना र बिहीबार सिरहाको गोलबजारमा भएको घटनामा एक जना गरी तीन जनाको मृत्यु भएको हो।
कप्तानगन्जमा गोली लागेर आइतबार राति ओकप्रकाश मेहताको मृत्यु भएको थियो। त्यही घटनामा गम्भीर घाइते भएका जयप्रकाश मेहताको पनि बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो।
बिहीबार यही घटनालाई लिएर सिरहामा प्रदर्शन हुँदा गोली लागेर थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुने गोलबजार-३ का अन्दाजी १९ वर्षीय गणेश यादव हुन्।
बिहीबार राति प्रधानमन्त्री बालेन शाहले देशवासीका नाममा सम्बोधन गर्दै तीनै जनाप्रति श्रद्धाञ्जलि दिएका छन्।
प्रधानमन्त्री शाहले संयमता र सद्भाव कायम राख्न सबैमा अपिल समेत गरेका छन्।