गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहताले सुनसरीको देवानगन्ज घटनामा घाइते भएका व्यक्तिलाई अस्पताल पुगेर भेटेका छन्।
बिहीबार राति विराटनगरको प्राइम अस्पतालमा पुगेर उनीहरूले घाइतेलाई भेटेका हुन्।
उनीहरूले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बिहीबार दिउँसो गृहमन्त्री गुरूङ र स्वास्थ्य मन्त्री मेहता प्रधानमन्त्री बालेन शाहलाई भेटेर सुनसरी गएका हुन्। उनीहरूले अन्य पीडित परिवारलाई पनि भेट्ने तयारी छ।