नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा क्षेत्रीय सभापतिमा कबिर शर्मासहित सबै पद सर्वसम्मत चयन भएको छ।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा पहिलो पटक सबै पदमा निर्विरोध नेतृत्व चयन भएको हो।
यसै क्रममा क्षेत्र नम्बर २ अन्तर्गतका दुवै प्रदेशसभा क्षेत्रमा पनि नेतृत्व चयन सहमतिमै टुङ्गिएको छ।
प्रदेशसभा क्षेत्र ‘क’ को सभापतिमा पुस्कर बस्ताकोटी र प्रदेशसभा क्षेत्र ‘ख’ को सभापतिमा सिताराम आचार्य निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभापतिमा उद्धव दाहाल र शङ्खरापुर नगरपालिकाको नगर सभापतिमा जीवनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौंका अन्य क्षेत्रहरूमा चुनावी प्रतिस्पर्धा र रस्साकस्सी जारी रहँदा क्षेत्र नम्बर २ ले भने वडा, नगर, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रीय समितिसम्मै समझदारी गरेको हो।