नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी आधिकारिकता राजनीतिक र कानुनी लडाइँमा पैसाको लेनदेन नभएको बताएका छन्।
बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भने, ‘करोडको कुरा गर्छन्, नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक, कानुनी लडाइँमा रूपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन वा अनुचित काम गरेको छैन।’
उनले जेनजी आन्दोलनपछि पार्टीभित्रका भुइँ तहका कार्यकर्ताको विद्रोहका रूपमा विशेष महाधिवेशन भएको बताए।