नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले काठमाडौंको चुनदेवीमा बैठक गरेका छन्।
१५औँ महाधिवेशन तयारी समितिको बैठक आज बसेको हो।
समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले केहीबेरअघि सम्पर्क कार्यालयमा बैठक सुरू भएको बताए।
बैठकमा कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारी, सांसद, पूर्वसांसद, सातै प्रदेशका पदाधिकारी, जिल्ला सभापति तथा संयोजक, महाधिवेशनका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष र पदाधिकारी लगायत सहभागी रहेको उनको भनाइ छ।
बैठकमा प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका पूर्वपदाधिकारी र काठमाडौं उपत्यकाभित्रका क्षेत्रीय सभापति तथा जिल्ला पदाधिकारीलाई समेत बोलाइएको थियो।
बैठकमा १५ औं महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालालगायत नेताहरू सहभागी छन्।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने तयारी गरेका छन्।
तस्बिरहरू-
-1795591991.jpg)
-1795591990.jpg)
-1795591990.jpg)
-1795591990.jpg)
-1795591990.jpg)
-1795591989.jpg)
तस्बिर- नेपाल फोटो लाइब्रेरी।