राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन्।
अपराह्न ३ बजे प्रधानमन्त्री शाह शीतल निवास पुगेका थिए।
उनीहरूबीच करिब २० मिनेट भेटवार्ता भएको थियो।
प्रधानमन्त्रीले हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिज्यूलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।
साथै, उनीहरूबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो।
सरकारले सिफारिस गरेका ३ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड छ।
आजै रास्वपा सभापति रवि लामिछानेले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटवार्ता गरेका थिए।
यो पनि- प्रधानमन्त्री र राष्ट्रपति 'वान टू वान' संवाद नहुँदा ३ अध्यादेश होल्ड भएका हुन्?