प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिको बैठक आउँदो मंगलबारका लागि डाकिएको छ।
सभापति हरि ढकालले मंगलबार ११ बजेका लागि बैठक डाकेका हुन्।
बैठकमा गृहमन्त्री सुधन गुरूङ सहभागी हुने भएका छन्।
नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीलाई हटाइएको, पत्रकार पक्राउ गर्न समाचार कक्षमा प्रहरी पठाइएको, प्रहरी अनुसन्धानमा रहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको तथा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको घरमा 'लोकेसन ट्रेस' भएको लगायतका विषयमा बैठकमा छलफल गर्ने कार्यसूची छ।
विपक्षी दलहरूले समितिको बैठक डाक्न माग गर्दै औपचारिक पत्र समेत दिएका थिए। तर समिति सभापति हरि ढकालले २ महिनासम्म बैठक राखेका थिएनन्।
दुई महिनापछि बैठक बस्न लागेको हो।