नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि पाँच वटा समिति संयोजक तोकेको छ।
महाधिवेशन तयारी समितिको मंसिर ९ गते बसेको बैठकको निर्णयअनुसार मूल तयारी समितिका संयोजक शशांक कोइरालाले विभिन्न समितिका संयोजक मनोनयन गरेका हुन्।
जसअनुसार प्रचारप्रसार समितिको संयोजकमा प्रकाशशरण महत, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद र प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा अमित कार्कीलाई मनोनयन गरिएको हो।
१५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते हुनेछ।