काठमाडौंको घट्टेकुलोमा बम विस्फोट भएपछि अहिले घटनास्थल सेनाले आफ्नो नियन्त्रणमा लिएको छ।
सेनाको बम डिस्पोजल टोलीले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर सुरक्षा जाँच कडा बनाएको छ।
स्थानीय, प्रहरीलाई सेनाले घटनास्थलमा जान रोक लगाएको छ।
‘ती स्थानमा अरू पनि बिस्फोटक पदार्थ हुन सक्ने भएकाले सेनाले नियन्त्रणमा लिएर जाँच गरिरहेको छ,’ काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ग्यास सिलिण्डर बम पड्केको देखिएको छ।
‘हामीले घट्टेकुलोको घटनास्थलबाट विप्लव माओवादीका पर्चा भेटिएका छन्। त्यहाँ घाइते भएका एक जना विप्लवका विद्यार्थी नेता भएको खुलेको छ,’ उनले भने।
घटनामा घाइते भएका रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्।
![https://www.setopati.com/uploads/shares/ghattekulo/ghattekula (2).jpg](/uploads/shares/ghattekulo/ghattekula (1).jpg)
![https://www.setopati.com/uploads/shares/ghattekulo/ghattekula (2).jpg](/uploads/shares/ghattekulo/ghattekula (3).jpg)
![https://www.setopati.com/uploads/shares/ghattekulo/ghattekula (2).jpg](/uploads/shares/ghattekulo/ghattekula (4).jpg)
![](/uploads/shares/ghattekulo/ghattekula (1).jpg)