नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र २०६४ सालदेखि संसद भवनका रूपमा प्रयोग हुँदै आएको थियो।
यही भवनमा ६ महिना अघिसम्म देशको नीति निर्माण गर्ने छलफल चल्थ्यो। दूरदराजका समस्या सरकारसम्म पुर्याउन सांसदहरू यही भवनमा आफ्नो आवाज उठाउँथे।
तर भदौ २३ गते यही भवन अगाडि प्रहरीको गोली लागेर १७ जना नवयुवाको ज्यान गयो। त्यसले जन्माएको आक्रोशका कारण भोलिपल्ट भदौ २४ गते प्रदर्शनकारीहरूले यहाँ आगो झोसे।
आगजनीबाट संसद भवन पूर्ण रूपमा क्षतिग्रस्त भयो। बाहिरी संरचना मात्र होइन, भित्रका भौतिक संरचना पनि कामै नलाग्ने गरी ध्वस्त भए।
त्यस दिन सम्मेलन केन्द्र परिसरमा जलाइएका सवारी साधनका अस्थिपञ्जर अहिले पनि परिसरकै दायाँ-बायाँ थुपारेर राखिएका छन्।
उक्त आगजनीले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन प्रयोग गर्न नसकिने अवस्थामा पुगेपछि संसद बैठक सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्नुपरेको छ। सिंहदरबार परिसरभित्रै नयाँ संघीय संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मुख्य सभा हल पूर्ण रूपमा तयार नभएकाले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण तथा प्रारम्भिक बैठक अस्थायी बहुउद्देश्यीय हलमा गर्ने तयारी गरिएको छ।
यसरी एक समय नेपालको संसदीय इतिहासका महत्त्वपूर्ण निर्णयहरूको साक्षी बनेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको क्षतिग्रस्त भवन जेनजी आन्दोलनको साक्षी बनेको छ।
यहाँको क्षतिग्रस्त संरचना, जलेका गाडी र सुनसान परिसर आन्दोलनको स्मृति बोकेर उभिएको छ।
तस्बिरहरूः
-1773652363.jpg)
-1773652362.jpg)
-1773652362.jpg)
-1773652362.jpg)
-1773652360.jpg)
-1773652359.jpg)
-1773652361.jpg)
-1773652361.jpg)
-1773652360.jpg)
-1773652360.jpg)
-1773652359.jpg)
-1773652358.jpg)
-1773652358.jpg)
-1773652358.jpg)
-1773652357.jpg)
-1773652357.jpg)
-1773652357.jpg)
-1773652357.jpg)