दाङमा बुधबार बिहान भएको बस दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।
काठमाडौंबाट आउँदै गरेको बा ४ ख १७३२ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ कुमलरोडमा दुर्घटनामा परेको हो ।
काठमाडौंबाट रुकुम जाँदै गरेको उक्त रात्री बस बिहान साढे ७ बजेतिर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बसमा कुल २५ यात्रु रहेकोमा ३ जना मात्रै घाइते भएको र सबैको उद्धार गरि अस्पताल पुर्याइ सकिएको प्रहरीले बताएको छ ।