रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै सिंहदरबारमा धर्ना दिएकालाई प्रहरीले पक्राउ गरेको छ।
रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निष्कासित पत्रकार प्रकाश बम, चक्र कुँवर दिलिप पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ गरी उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।
निष्कासन गरिएका पत्रकारको पुनर्बहाली तथा श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिकको कार्यान्वयन हुनुपर्ने माग गर्दै महासंघ सचिव रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरूले सिंहदरबारमा धर्ना दिएका थिए।