कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका आफ्ना ४३ जना प्रहरीलाई नेपाल प्रहरीले 'अमर प्रहरी' घोषणा गरेको छ।
शुक्रबार परेको ६३ औं प्रहरी दिवसको दिन पारेर प्रहरीले कामको सिलसिलामा २०५३ सालदेखि २०७६ सालको अवधिमा ज्यान गुमाएका ती प्रहरीहरूलाई 'अमर प्रहरी' घोषणा गरेको हो।
यसैगरी प्रहरीले यस वर्षको 'लाईफटाइम अचिभ्मेन्ट' अवार्ड पूर्व एआइजी यादब अधिकारीलाई दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको औपचारिक कार्यक्रममा उनलाई अवार्ड प्रदान गरेका छन्।
यसैगरी यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरड प्रहरीमा कार्यरतः एसपी मनोज केसीलाई प्रदान गरिएको छ।
'अमर प्रहरी' घोषित भएका दिवगंत प्रहरीहरू
