दुई वटा अमेरिकन पेस्तोलसहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सिरहा कल्याणपुर नगरपालिका ३ इटारी का २१ वर्षीय अहमद मियाँलाई दुई वटा पेस्तोलसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए।
उनका अनुसार बुधबार मध्यराति गस्तीमा निस्केको प्रहरी टोलीले उनलाई ७ र ९ एमएमको दुई अमेरिकन पेस्तोलसहित समातेको थियो। त्यसको तीन थान म्यागजिन र दुई थान गोलीसमेत बरामद भएको चतुर्वेदीले बताए।
मियाँले कहाँबाट पेस्तोल ल्याए भन्ने खुलिसकेको छैन। पक्राउ परेका मियाँलाई हिरासतमा लिई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।