सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा जन्ती बोकेको जीप पल्टिँदा १६ जना घाइते भएका छन्।
बिहीबार पौने पाँच बजे १८६० ज १ च नम्बरको जीप पल्टिएको हो।
मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको जीप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना भएको हो।
उक्त जीप दुर्घटना हुँदा १२ जनालाई सामान्य चोटपटक लागेको र चार जनालाई भने थप उपचारका लागि सिन्धुली जिल्ला अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।
दुर्घटनापछि चालक फरार रहेको सिग्देलले बताइन्।
थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।