काठमाडौंको बल्खु पुलबाट बागमतीमा हाम फालेर एक जना पुरूष बेपत्ता भएका छन्।
सोमबार बिहान साढे ११ बजेतिर पुलबाट एक पुरूष हाम फालेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
'अस्ति हाम फालेको भन्ने कुरा आएको थियो। तर को हो भन्ने पहिचान हुन सकेको छैन,'उनले भने।
ती व्यक्ति खोजी गर्न प्रहरी, सशस्त्र लगायतको टोलीले खटिरहेको छ। यद्यपी ती व्यक्ति अहिलेसम्म भेटिएका छैनन्।
'प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली गएर खोजेको थियो तर हामीले फेला पार्न सकेका छैनौं,'उनले भने,'थप खोजी गरिरहेका छौं।'