भारतले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डेसिभिर औषधि नेपाललाई सहयोग गरेको छ।
सोमबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई २ हजार थान रेम्डेसिभिर प्रदान गरेका हुन्।
'एन्टी भाइरल ड्रग' को रूपमा रहेको यो औषधि कोरोना संक्रमितलाई दिएपछि यसले भाइरसलाई परास्त गर्न सघाउ पुर्याउने विज्ञहरूको भनाइ छ।
विभिन्न क्लिनिल ट्रायलले पनि यसले प्रयोगले उपचारमा सघाउ पुर्याएको बताइएको छ।
नेपालमा यसको प्रयोग सामान्य र मध्यम लक्षण देखिएका संक्रमितहरूमा प्रयोग गरिएको छ। यो औषधि संक्रमितमा प्रयोग गर्नलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पताललाई अनुमति दिएको छ।
यो औषधिको प्रयोगले संक्रमितहरूको अस्पताल बसाइँ छोटिएको जनाइएको छ।
सुरूमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो।