बाँकेमा बुधबार ३५ वर्षीया महिलाको कोरोना संक्रमनका कारण मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीकी ती महिलाको बुधबार दिउँसो सवा २ बजे भेरी अस्पताल नेपागञ्जमा मृत्यु भएको हो।
बाँके जिल्लाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी मधुमेह, उच्चरक्तचाप र हाइपोथाइराडिज्म रोगकी बिरामी थिइन्।
पछिल्लो समय उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी उनलाई असोज ३ गते कोरोनाको संक्रमन पुष्टि भएको थियो।
यो सँगै बाँकेमा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये १६ जना बाँके जिल्लाका र थप ७ जना बाहिर जिल्लाबाट उपचारका लागि ल्याइएकाहरु रहेको फोकल पर्सन श्रेष्ठले बताए।