चन्द्रागिरिकाे नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी प्रभाग नागढुंगाकाे चेककाे क्रममा लागुऔषधसहित एक जना पक्राउ परेका हुन्।
महानगरीय प्रहरी वृत्तका डिएसपी घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज रहेकाे बताए।
चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा सर्लाहीबाट काठमडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको बस चेक गर्ने क्रममा बिहीबार उनी पक्राउ परेकाे डिएसपी श्रेष्ठको भनाइ छ।
गहतराजकाे साथबाट लागुऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुरफिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद भएको थानकोट प्रहरीले जनाएको छ।
पक्राउ परेका गहतराजमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।