काभ्रेको धुलिखेलमा बिजुलीको पोलमा बाँधेर 'खैरे' नामक कुकुरको हत्या गरिएको विरूद्धमा प्रदर्शन भएको छ।
माइतीघर मण्डलामा बुधबार दिउँसो पशु अधिकारकर्मी तथा अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले आफूले पालेका कुकुरहरूलाई प्रदर्शनमा ल्याएका थिए। प्रदर्शनकारीहरूले खैरेको तस्वीर बोकेका थिए। नारा लेखिएका कागज पनि कुकुरको घाँटीमा झुण्ड्याइएको थियो।
दुई साताअघि काभ्रेको धुलिखेल नगरपालिका-४ स्थित २८ किलोमा खैरेको हत्या भएको थियो। दुई जना पुरूषले बिजुलीको पोलमा बाँधेर फलामको रड र कोदालोले हिर्काएर मारेका थिए।
स्थानीय एक जना बालकलाई टोकेको आरोपमा उनीहरूले खैरेलाई क्रूरतापूर्वक मारेको भिडिओ नजिकैको होस्टलमा बस्ने एक विद्यार्थीले मोबाइलमा खिचेका थिए। सो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
तस्बिरहरू: अभिषेक गाको फेसबुकबाट।
![](https://www.setopati.com/uploads/editor/sujita%20file/172103465_1410070496012542_3333040591062372818_n.jpg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/172479143_301024478089039_6297882125833371995_n.jpg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/173426466_4024643457628016_4599389657952962346_n.jpg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/173727132_524699195204713_650718108680041874_n.jpg)
तस्वीर: aashutoshbrh को इन्स्टाग्रामबाट