ललितपुरको च्यासलमा एक पेस्तोल फेला परेको छ।
च्यासल नेकपा एमालेको मुख्य कार्यालय परिसर नजिककै झाडीमा एक पेस्तोल फेला परेको हो।
परिसर सरसफाइको क्रममा मंगलबार चाइनिज पेस्तोल फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
'पार्टी कार्यालय परिसरभन्दा पनि नजिकै झाडीमा चाइनिज पेस्तोल भेटिएको हो,' एसपी जोशीले भने, 'जेनजी आन्दोलनको क्रममा फ्याँलिएको अनुमान गरिएको छ।'
जेनजी आन्दोलनको क्रममा लिइएको भवनहरू आगजनी गर्ने क्रममा पेस्तोल त्यहाँ फ्याँलिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी जोशीले जानकारी दिए।