नहरमा डुबेर चितवनमा दुई बालकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा रहेको खुला चौरनजिकै रहेको नहरमा डुबेर बुधबार दिउँसो बालकको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन्।
चौरमा क्रिकेट खेलेर हातखुट्टा धुने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए।
प्रहरीका अनुसार उनीहरूलाई दुई सय मिटर परबाट उद्धार गरी अस्पताल पठाइएकोमा मृत्यु भएको थियो।