प्रहरीले उदयपुरमा हजुरआमाको हत्या गरेको आरोपमा नातिलाई पक्राउ गरेको छ।
उदयपुर कटारी नगरपालिका-७ रिस्कु बस्ने २६ वर्षीय नाति रोहित दनुवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।
उनका अनुसार बिहीबार बिहान रोहितले जग्गाको अंश विषयमा वादविवाद गरेका थिए। सोही विषयमा झै-झगडा हुँदा रिसको आवेशमा नाति रोहितले धारिलो हतियार खुकुरी प्रहार गरी ७० वर्षीया हजुरआमा मनमाया दनुवारको हत्या गरेको प्रहरी निरीक्षक थापाले बताए।
हत्यापश्चात् फरार रहेका रोहितलाई लुकीछिपी बसिरहेको अवस्थामा सोही स्थानबाट पक्राउ गरेको हो।
प्रहरी कार्यालय कटारी उदयपुरमाबाट घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।