धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शुक्रबार से १ त ३५०३ नम्बरको ट्याक्टर धनगढी उपमहानगरपालिका उल्टापानी नालामा दुर्घटनामा परेको थियो।
ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्याक्टर चालक ४३ वर्षका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।
शव पोस्टमर्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।