ललितपुर महानगरपालिका कालोपुलस्थित बागमती नदी किनारको करेसाबारीमा किसानहरू काम गरिरहेका छन्।
शुक्रबार दिउँसो करेसाबारीमा लगाइएको तरकारी गोडमेल तथा मलजल गर्न किसानहरू व्यस्त छन्। करेसाबारीमा महिला लसुन उखेल्दै छिन् भने अर्की एक महिला तोरी उखेल्दै छिन्।
खोला किनारको माटो मलिलो हुने हुँदा स्थानीयहरूले यहाँ सिजनअनुसारको खेती गर्ने गरेका छन्।
खोला किनारका जमिनमा कम मेहनतमै धेरै उत्पादन हुने स्थानीयहरू बताउँछन्। त्यसमाथि काठमाडौंमा खेती गर्दा हिउँदमा पानीको समस्या हुने हुँदा पनि स्थानीयहरूमा रोजाइमा खोला किनारका जमिन पर्ने गरेको छ।
काठमाडौं उपत्यकामा विभिन्न ठाउँका बागमती नदी किनारमा खेती हुने गरेको छ।
तस्बिरहरूः
-1711704035.jpg)
-1711704031.jpg)
-1711704033.jpg)
-1711704031.jpg)
-1711704033.jpg)
-1711704034.jpg)
-1711704032.jpg)
-1711704034.jpg)
-1711704034.jpg)
-1711704032.jpg)
-1711704032.jpg)
-1711704035.jpg)
-1711704035.jpg)