रोल्पामा प्रहरीले एउटा होटलबाट जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ।
गएराति १ बजेतिर जिल्लाको रुन्टीगढी गाउँपालिका– ७ होलेरी हाट बजारको कम्पाउण्ड स्थानीय ५० वर्षीय दिलबहादुर खड्काले चलाएको होटलभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
बुधबार प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनिष थापाको नेतृत्वमा १० जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरीले जुवाको खालबाट एक लाख १७ हजार ७५० रुपैयाँ र तीन बुक तास पनि बरामद गरेको छ।
रोल्पा रुन्टीगढी गाउँपालिका –.६ का ३६ वर्षीय टोपबहादुर बोहरा, २१ वर्षीय प्रकाश बुढाथोकी, ३० वर्षीय शान्तराज रेउले, २३ वर्षीय कुलबहादुर रेउले, रुन्टीगढी – ७ का ५५ वर्षीय ज्ञानबहादुर थापा, ३६ वर्षीय महेन्द्र घर्ती, ३९ वर्षीय नरसिंह रोका, ५० वर्षीय दिलबहादुर खड्का, रुन्टीगढी – ५ का २४ बवर्षीय देविराम विक र रुन्टीगढी – ८ का ३२ वर्षीय नरबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई बुधबार म्याद थपका लागि अदालतमा लैजाने तयारी भइ रहेको प्रहरीले जनाएको छ।