पद्मकन्या बहुमुखी क्याम्पसमा डाइवेटिज टक कार्यक्रम गरिएको छ।
कार्यक्रममा स्वास्थ्यविज्ञहरुले डायवेटिज के कारणले हुन्छ र त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए।
पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि गृहविज्ञान विभाग, हेल्थ एक्स्चेञ्ज नेपाल र डाइवेटिज नेपालको संयुक्त आयोजनामा आइतबार कार्यक्रम भएको हो।
बेलायतका जेरेमी टनरले ओस्टियोपोरोसिस एण्ड डाइवेटिज, बेलायतबाटै आएका सत्यन राजभण्डारी मधेमेहका बिरामीले खानामा ध्यान दिनुपर्ने कुराहरु तथा प्रदीपकुमार श्रेष्ठले माइक्रो वायोम एण्ड डाइवेटिज र राजेन्द्र ताम्राकारले इन्सुलिन उपचार विधिका बारेमा छुट्टाछुट्टै प्रस्तुती दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधानले यस किसिमको कार्यक्रमबाट क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गरिन्।