दैलेख बजारमा आगलागी हुँदा दुई पसलमा क्षति भएको छ।
मंगलबार दिउँसो नारायण नगरपालिका–१ मा पर्ने दैलेख सदरमुकामस्थित हाइस्कुल चोकमा रहेका दुई वटा घरमा आगलागी भएको हो।
आगलागीबाट एक फेन्सी पसल र एक मोटरसाइकल ग्यारेजमा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
दैलेख प्रहरी प्रमुख डिएसपी सुनील दाहालका अनुसार आगो नियन्त्रणमा आइसकेको छ।
‘एकआपसमा जोडिएका दुई वटा घर र पसलमा क्षति पुगेको छ, अन्य विवरण संकलनको काम भइरहेको छ,’ उनले भने।