झापामा रतुवा खोलाले बगाउँदा एक जना पुरूषको मृत्यु भएको छ।
दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुल छेउमा अन्दाजी ५३ वर्षीय पुरूषलाई खोलाले बगाएर ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।
उनका अनुसार बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाबाट निकालेका थिए। निकालेर हेर्दा ती पुरूषको मृत्यु भइसकेको डिएसपी चन्दले बताए।
मृतकको सुरूमा पहिचान खुलेको थिएन। इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान अधिकृतको टोली खटिएर कानुनी प्रक्रिया अघि बढाएको थियो। पछि मृतकको सनाखत भएको हो।
मृतक दमक नगरपालिका वडा नम्बर १ सरस्वती टोल बस्ने ५३ वर्षीय मोहन रामदाम (विक) रहेको प्रहरीले जनाएको छ।
मृतकका आफन्त प्रहरीको सम्पर्कमा आइसकेका छन्।