बैंकिङ कसुरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाका छोरा दिक्षान्त पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हेटौंडा उपमहानगरपालिका-१८का दिक्षान्तलाई सोमबार पक्राउ गरेको हो।
सिआइबीका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार दिक्षान्तलाई प्रहरीले रूपन्देही शिद्धार्थनगर नगरपालिका-४ भैरहवाबाट पक्राउ गरेको हो
उनीविरूद्ध उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर पक्राउ गरेको हो। उनलाई चार दिन हिरासतमा राख्न अनुमति समेत प्रहरीले पाएको छ।