कम्प्युटर सोर्स-कोड चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बारा महागढीमाई नगरपालिका वडा-१ घर भई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित पावर ब्रेन नामक कम्पनीमा कार्यरत ३१ वर्षीय उमेशकुमार गुप्ता पक्राउ परेका हुन्।
उनलाई साइबर ब्युरोको टोलीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनलाई निओ एचआरआइएस नामको सफ्टवयेरको सोर्स-कोड चोरेको आरोपमा पक्राउ गरिएको साइबर ब्युरोको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थीले जानकारी दिए।
बौद्धिक सम्पत्तिमा आघात पुर्याउने मनसाय कम्प्युटरमा सोर्स कोर्ड चोरी गरिएको निवेदन थियो। ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।
उनलाई विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको उनले जानकारी दिए।