कैलालीमा एक पुरूषको सर्पको टोकाइबाट मृत्यु भएको छ।
बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्र बाेहराले जानकारी दिए।
उनका अनुसार बिहीबार राति शौचालय जाने बेलामा पदमलाई सर्पले टोकेको थियो।
'सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो,' उनले भने।
घाइते पदमको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।