काठमाडौंका विभिन्न स्थानमा आज र भोलि २ देखि पाँच घन्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ।
विद्युत् प्राधिकरणले सूचना जारी गर्दै मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० केभीको नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ केभी सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ।
प्राधिकरणले शनिबार ११ केभी इन्कमर अन्तर्गत मातातीर्थ, सतुंगल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका स्थानहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।
त्यस्तै ११ केभी मातातीर्थ फिडर अन्तर्गतका स्थानहरूमा आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म, सतुंगल फिडरमा आइतबार बिहान १२ बजेदेखि २ बजेसम्म, मच्छेगाउँ फिडरमा भोलि दिउँसो २ देखि ४ बजेसम्म र फर्पिङ फिडर अन्तर्गतका स्थानहरूमा दिउँसो अपराह्न ४ बजेदेखि ६ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

प्राधिकरणे जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका स्थानहरूमा पनि आज बिजुली अवरूद्ध हुने जानकारी दिएको छ।
नयाँ फिडर चार्ज गर्नका लागि साँखु फिडर सटडाउनमा राख्नुपर्ने भएकाले उक्त फिडर अन्तर्गतका माया पाटी, इन्द्रायनी, साँखु, जरसिंह पौवा, नांगलेभरे लगायतका स्थानमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।
ती स्थानहरूमा निर्धारित समय अगाडि नै काम सकिए तोकिएको समय भन्दा पहिले नै विद्युत आपूर्ति सुरू हुने प्राधिकरणले जनाएको छ।