काठमाडौंमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
भारत बिहार राज्य मोतिहारी घर भई काठमाडौं महानगरपालिका-३१ शंखमुलबस्ने ३० वर्षीय धर्मेन्द्र जैसवाल पक्राउ परेका हुन्।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले सनिबार राति पक्राउ गरेको हो।
जैसवालविरूद्ध काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरस्थित सस्तोबजारमा किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।