गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ सम्मानित भएका छन्।
विवद व्यवस्थापन र विभिन्न महामारी न्यूनीकरणमा योगदान पुर्याएको भन्दै नेपाल औषधि व्यवसायी संघले उनलाई सम्मान गरेको हो।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल औषधि व्यवसायी संघको पोखरामा आयोजित दोस्रो अधिवेशनका अवसरमा सोमबार श्रेष्ठलाई सम्मान गरेका हुन्।
श्रेष्ठले महाभूकम्प तथा कोभिडका बेला सर्वसाधारणलाई स्वास्थ्य सेवा पुर्याएको भन्दै सम्मान गरिएको हो।
स्वास्थ्यकर्मी श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य सेवाको पहुँच नपुगेका क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्।