यसपालिको धान रोपाइँ सुरू भएको छ।
समयअगावै भित्रिएको मनसुन सक्रिय भएर पानी पर्न थालेसँगै किसानहरूलाई रोपाईँको चटारो छ।
सिँचाईको सुविधा भएका ठाउँहरुमा केही अगाडि नै धान रोपाइँ सुरू भैसकेको छ भने मनसुन सक्रिय भएर थप पानी पर्न थालेपछि आकाशको पानीमा निर्भर हुनुपर्ने ठाउँहरूमा पनि रोपाइँ सुरू भएको छ।
रोपाइँ सुरू भएसँगै गाउँघरमा असारे भाकाका लोकगीत गुन्जिन्छ। रेडियो टेलिभिजनहरूले पनि असारे भाकाका गीतहरू सुनाउन थाल्छ।
गाउँदै धान रोप्ने प्रचलन विस्तारै हराउन थालेको छ। असारे भाका र दैवज्ञराज न्यौपानेले लेखेको ‘किसानको रहर’ शीर्षकको गीतको दुई हरफ ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ धेरैले सम्झन्छन्।  
शनिबार नै धान दिवस पनि मनाइएको छ।
यसलाई रोपाइँ सुरू भएको औपचारिक जनाउका रूपमा लिइन्छ।
काठमाडौं उपत्यकाका विभिन्न भूभागहरूमा पनि किसानलाई धान रोप्ने चटारोले छपक्कै छोपेको छ।
ललितपुरका गोदावरी लगायतका क्षेत्रमा एक साता अगाडिदेखि नै रोपाइँ सुरू भइसकेको छ।
शुक्रबार दिउँसो गोदावरीका खेतमा पुग्दा किसानहरू धान रोप्दै थिए, केही रोपारहरू खेततर्फ झर्दै थिए। धान रोप्न योग्य बनाउन पुरूषहरू बाउसे गर्दैथिए। केही बीउ बोकेर ल्याउँदै थिए।  
तस्बिरहरु:
 
-1719637804.jpg)
-1719637804.jpg)
-1719637805.jpg)
-1719637804.jpg)
-1719637806.jpg)
-1719637807.jpg)
-1719637808.jpg)
-1719637808.jpg)
-1719637807.jpg)
-1719637806.jpg)
-1719637808.jpg)
-1719637807.jpg)
-1719637806.jpg)
-1719637805.jpg)
-1719637806.jpg)
-1719637807.jpg)
-1719637808.jpg)