नागढुंगा- नौबिसे सडकखण्ड (त्रिभुवन) राजपथ अन्तर्गत नौबिसे खोला पुलको काम गर्नुपर्ने भन्दै दुई रात बन्द हुने भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पुलको ग्रिडर लन्चिङ गर्ने भएकाले बुधबार र बिहीबार राति बन्द रहनेछ।
राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्ने डिएसपी मिश्रले जानकारी दिए।
एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रूपमा रोकिने जनाएको छ।
दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गका रूपमा धार्के-सीतापाइला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
