प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार मंगलबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाबाट जिजे २१ सिबी ६००१ नम्बरको भारतीय कार बरामद गरिएको हो।
प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार खाली जग्गामा लामो समयदेखि बेवारिसे अवस्थामा ‘पार्किङ’ गरी राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोलीले खोजतलास गर्दा उक्त कार फेला पारेको हो।
बरामद कारको अनुमानित मूल्य ९० लाख रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको कार आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।