धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जना पुरूषको उपचारको क्रममा मृत्यु भएकाे छ।
धनगढी उपमहानगरपालिका- १८ फूलबारीमा हसुलियातर्फ जाँदै गरेको से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक समेत रहेका कैलारी गाउँपालिका-८ का कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो।
माोटरसाइकल पछाडि सवार कैलारी-८ कै २८ वर्षका यादव चौधरी सामान्य घाइते भएका छन्।