धनकुटा जिल्लास्थित अरूण नदी सिम्ले जलमापन केन्द्रमा सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रले जानकारी दिएको छ।
नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले आइतबार दिउँसो ३ बजेसम्मै उच्च सतर्कता अपनाउन केन्द्रले जानकारी दिएको छ।
पछिल्लो २४ घन्टामा धनकुटाको मध्यम वर्षा भएको छ। धनकुटाको पाख्रिबासमा ३६.८ मिलिमिटर वर्षा भएको छ।