काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ।
सोमबार बिहानदेखि कामकारबाही टेकुस्थित नेपाल आयल निगमको भवनमा हुने गरी सरेको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।
यसअघि टेकुमा जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय थियो। परिसरको कार्यालय आइतबारदेखि भद्रकालीमा सरेसँगै अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको हो।
अपराध अनुसन्धान कार्यालय यसअघि मिनभवनस्थित भाडाको घरमा बस्दै आएको थियो।