रामेछापमा जिप दुर्घटना हुँदा एकजना घाइते भएका छन्।
मंगलबार बेलुका साढे ७ बजे मन्थली नगरपालिका-७ कल्लेरीमा प्रदेश ३-०१-०२३ च ३९०९ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार जिप मन्थलीबाट खाँडादेवी गाउँपालिका-९ पिंङखुरी जाँदै थियो।
दुर्घटनामा परी मन्थली न.पा.७ कल्लेरी गणेशथान बस्ने-६५ की माया बिकको मृत्यु भएको हो।
दुर्घटनामा सात जना घाइते छन्।
घाइतेहरूमध्ये खाँडादेवी गाउँपालिका-९ का ७० वर्षीय नरमाया विक, ७० वर्षीय हैटे तामाङ, ४० वर्षीय उशा भण्डारी, ९ वर्षीय डेविड भण्डारीलाई मन्थलीमा उपचारपछि काठमाडौं रेफर गरिएको इन्स्पेक्टर न्यौपानेले जानकारी दिए।
बोलेरो चालक खाँडादेवी गाउँपालिका-९ का ४७ वर्षीय बाबुराम तामाङ, ७० वर्षीय मंगले कामी, ७० वर्षीय दुर्गा बहादुर तामाङ, ५ वर्षीय अन्जना तामाङ र ४२ वर्षीय नरेन्द्र तामाङ सामान्य घाइते छन्।
उनीहरूको मन्थलीमै उपचार भइरकेको न्यौपानेले जानकारी दिए।