ललितपुरको झाडीमा एकनाले भरूवा बन्दुक फेला परेको छ।
बिहीबार बिहान साढे ७ बजे महांकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेलस्थित घाँसे पाखाको एक झाडीमा बन्दुक फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
प्लास्टिकको बोराले बेरेर लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको हो।
उक्त बन्दुक कसको हो भन्ने खुलेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएको छ।