काभ्रेको नमोबुद्धस्थित एक जंगलमा मानव कंकाल फेला परेको छ।
नमोबुद्ध नगरपालिका वडा नम्बर ५ बोहरेली जंगलमा मानव कंकाल फेला परेको हो।
बुधबार अपराह्नमा च्याउ खोज्न हिँडेका स्थानीयले उक्त कंकाल फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
घटनास्थलको मुचुल्का गरी धुलिखेल अस्पतालमा राखिएको थियो। कंकाल नमोबुद्ध-४ श्रीराम बस्ने ५० वर्षीय खड्गबहादुर श्रेष्ठ रहेको खुलेको छ।
उनी २०८० भदौ देखि बेपत्ता थिए। मृतकका भाइले घटनास्थलमा फेला परेको कागजातको आधारमा बिहीबार सनाखत गरी शव बुझेको प्रहरीले जनाएको छछ।