काठमाडौं उपत्यकासहित देशभर नै बिहीबार वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकामा बिहीबार बिहानसम्म ६.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
मनसुनी वायुको प्रभाव न्यूनचापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहँदा देशभर साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ।
महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।
बिहीबार राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ।
तस्बिरहरू:











सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी