कास्कीमा घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान २:१५ बजे पोखरा महानगरपालिका-३२ चैनपुरमा ४० वर्षीया आरती ओझाको घरमा पहिरो खस्दा १८ वर्षीय अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
पहिरोमा ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
कास्कीकै मादी गाउँपालिका- ११ स्थित ताप्लेमा पहिरो जाँदा ८० वर्षीया माइतीकुमारी गुरूङ बेपत्ता भएकी छन्।
उनका ५५ वर्षीय छोरा ओम गुरूङको उद्धार गरिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।